इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन नेपाली दूतावासको आग्रह

इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन  नेपाली दूतावासले आग्रह गरेको छ ।  दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न पनि भनेको छ ।

युद्धका कारण शैक्षिक संघसंस्था एवं अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन, अत्यावश्यक कामबाहेक कार्यालय बन्द रहने र सभा÷भेलामा रोक लागेको छ । इजरायलमा रहेका नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन पनि दूतावासले आग्रह गरेको हो ।

सूचनासहित

प्रतिक्रिया
सम्बन्धित खबर