काठमाडौं : कतारको अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि इरानले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको हो । इरानको दाबी अनुसार उक्त आक्रमण अमेरिकाले इरानका तीनवटा आणविक साइटमाथि गरिएको आक्रमणको जवाफ थियो इरानले ट्रम्पले बिन्ती गरेपछि युद्धविरामका लागि तयार भएको बताएको छ ।
इरानले सोमबार साँझ कतारको दोहास्थित अमेरिकी अल उदिद सैन्य अड्डामा प्रहार गर्ने सूचना पाएलगत्तै कतारले आफ्नो आकाश अस्थायी रुपमा बन्द गरेको थियो । त्यसबाट कतार र कतारको दोहा हुँदै अन्य देश जाने यात्रुहरु अलपत्र परेका थिए ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका यात्रुहरु त्यहीँ सुतेका थिए । कतिपय जहाजलाई डाइभर्ट गरिएको थियो ।
तर अहिले कतारको अवस्था सामान्य बन्दै गएको र आकाश मार्ग मंगलबार मध्यरातबाट पुन: खोलिएको कतार सरकारका अधिकारीहरुलाई उद्धृत गर्दै दोहा टाइम्स अनलाइनले जनाएको छ ।
प्रतिक्रिया




