सुन–चाँदीको मूल्य फेरि उकालो, आज सुन प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला दिनदेखि निरन्तर उकालो लागिरहेको बहुमूल्य धातुको मूल्यले नयाँ उच्च स्तर छोएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्दै ३ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि आइतबार मात्रै सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेको थियो।

यस्तै, चाँदीको मूल्य पनि सोमबार बढेको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय ५० रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ४० रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमा रहेको छ। आज सुन प्रतिऔंस ५ हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर