इरानमा आक्रमणपछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा उछाल

अन्तर्राष्ट्रिय भू–राजनीतिक तनावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। इरानमाथि भएको आक्रमणपछि विश्व बजारमा देखिएको अस्थिरताले यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियो। यसरी एकैदिन सुनको मूल्य ५ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य ५ हजार ७४० रुपैयाँ रहेको थियो। दुई दिनको अवधिमा चाँदी प्रतितोला २४५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

इरानमाथि भएको आक्रमण र इरानका सर्वोच्च नेता अली खामेनी मारिएको एकदिनपछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको हो। अन्तर्राष्ट्रिय तनाव बढ्दा लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित हुने भएकाले यसको मूल्यमा उछाल आउने गर्छ।

प्रतिक्रिया
सम्बन्धित खबर