काठमाडौँ — स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ३ लाख २० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर ३ लाख २६ हजार १ सय पुगेको छ।
त्यसैगरी, आइतबार प्रतितोला ५ हजार ९८५ मा खरिदबिक्री भएको चाँदीको मूल्य पनि आज बढेर ६ हजार २० पुगेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक मागका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।




