एकैदिन तोलामा ११ हजार घट्यो सुनको भाउ, तीन लाख १७ हजार ६ सयमा कारोबार

नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ उल्लेखनीय रूपमा घटेको छ। मंगलबार प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आज एकैदिन ११ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन मंगलबार भने यही सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। मंगलबार प्रतितोला पाँच हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार ५ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ७५ रुपैयाँले कम हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ५ हजार १ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर