आजदेखि स्वस्थानी व्रत प्रारम्भ, शालीनदीमा स्नान गर्न भक्तजनको घुइँचो

आजदेखि स्वस्थानी व्रत विधिवत् रूपमा सुरु भएको छ। पुस शुक्ल पूर्णिमादेखि प्रारम्भ हुने यो व्रत माघ शुक्ल पूर्णिमासम्म चल्ने परम्परा छ। यस अवधिमा श्रद्धालुहरूले स्वस्थानी देवीको पूजा–आराधना गर्ने, स्वस्थानी कथा वाचन गर्ने तथा विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने चलन रहिआएको छ।

स्वस्थानी व्रतसँगै देशका विभिन्न स्थानमा धार्मिक मेला लाग्ने गर्छन्। विशेषगरी माघ स्नानको महत्त्व रहने भएकाले काठमाडौंको साँखुस्थित शालीनदी क्षेत्रमा स्नान मेलाको रौनक बढ्ने गरेको छ।

शालीनदीमा स्नान गरी माधवनारायण तथा श्रीस्वस्थानीको दर्शन गर्न देशका विभिन्न भागका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू आउने गरेका छन्। व्रतको अवधिभर शालीनदी क्षेत्र धार्मिक आस्था, भक्तिभाव र सांस्कृतिक चहलपहलले भरिने गर्दछ।

प्रतिक्रिया
सम्बन्धित खबर