सुनको मूल्यमा गिरावट, चाँदी उकालो: आजको किनबेच दर सार्वजनिक

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ। अघिल्लो दिन उल्लेख्य रूपमा बढेको सुनको मूल्य आज सामान्य गिरावट आएको हो।

मंगलबार प्रतितोला तीन हजार एक सय रुपैयाँले बढेको सुनको भाउ बुधबार चार सय रुपैयाँले घट्दै प्रतितोला दुई लाख ६७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो।

यसैबीच, चाँदीको मूल्य भने आज बढेको छ। मंगलबार प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार नौ सय ३५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रुपैयाँले वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔंस चार हजार चार सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभावले स्वदेशी बजारमा सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर