अमेरिकी हस्तक्षेपपछि अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य उकालो

न्युयोर्क । अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य तीव्र रूपमा बढेको छ।

भूराजनीतिक जोखिम बढ्ने आशङ्काबीच लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सोमबार एसियाली बजारमा सुनको मूल्य १.८ प्रतिशतले बढेर प्रतिऔंस करिब ३,२८२ डलर पुगेको छ। चाँदीको मूल्य पनि ३.५ प्रतिशतले वृद्धि भएको छ।

सन् २०२५ मा सुन र चाँदीले ऐतिहासिक रेकर्ड कायम गरेका थिए। ब्याजदर कटौतीको अपेक्षा, केन्द्रीय बैंकहरूको ठूलो परिमाणको सुन खरिद र विश्वव्यापी आर्थिक अनिश्चितताले मूल्य वृद्धिमा टेवा पुर्‍याएको विश्लेषण गरिएको छ।

उता तेल बजारमा भने तत्काल ठूलो असर देखिएको छैन। सोमबार ब्रेन्ट क्रुड तेलको मूल्य ०.७९ प्रतिशतले घटेर प्रतिब्यारेल ६० डलर २३ सेन्टमा कारोबार भएको थियो। भेनेजुएलाको विश्व तेल उत्पादनमा हिस्सा कम भएकाले मूल्यमा तत्काल प्रभाव नपरेको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खबर