२२ पुस, काठमाडौं — नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ, जुन हालसम्मकै सबैभन्दा धेरै हो ।
डलरसँगै अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको विनिमयदर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा कायम गरिएको छ । यस्तै, युके पाउण्ड स्ट्रलिङको खरिददर १९४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ३० पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलरको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा रहेको छ ।
त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यी दरहरू आवश्यकताअनुसार परिमार्जन हुन सक्नेछन् भने वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर यसमा केही फरक पर्न सक्नेछ ।




