सुनको मूल्य उकालो, चाँदी सस्तियो

२५ पुस, काठमाडौं — नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य २ लाख ६५ हजार ७ सय रुपैयाँ थियो।

यसअघि पुस १३ गते सुनले हालसम्मकै उच्च रेकर्ड बनाउँदै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो।

यता, चाँदीको मूल्य भने घटेको छ। प्रतितोला ५५ रुपैयाँले घटेर चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीले भने पुस २३ गते प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो।

सुनचाँदीको मूल्यमा भइरहेको उतारचढावले लगानीकर्ता तथा उपभोक्ताको चासो अझ बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर