राजघाटमा प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

सो अवसरमा प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै महात्मा गान्धीको जीवन, आदर्श तथा मानवताका लागि उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च प्रशंसा गर्नुभयो। साथै, सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रति नेपालको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारत पुग्नुभएका प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।

महात्मा गान्धीको समाधिस्थलमा गरिएको श्रद्धाञ्जलीले दुई देशबीच साझा ऐतिहासिक तथा मानवीय मूल्यप्रतिको सम्मानलाई समेत प्रतिबिम्बित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर