काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ। हिजो बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको सुन आज शुक्रबार थप ४ हजार २ सय रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
लगातारको मूल्य घटावटले सुनचाँदी बजारमा चासो र चर्चा बढेको छ।




