सुन सस्तो, चाँदी महँगियो : आजको बजार भाउ यस्तो छ

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको भाउ बढेको छ। गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

शुक्रबार प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।

यता, सुनको मूल्य घट्दा चाँदीको भाउ भने उकालो लागेको छ। आइतबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर