सुनचाँदीको मूल्यमा उछाल : सुन तोलामा १,९०० र चाँदी १४० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार दुवै बहुमूल्य धातुको भाउ बढेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। आइतबार यही सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार प्रतितोला ५ हजार १० रुपैयाँ रहेको चाँदी आज १४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर