धनगढी — सुदूरपश्चिममा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन् । चार दिनको अवधिमा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ । कैलालीको गौरिफन्टा सीमा नाकामा शनिबार तीन जना र बैतडीको झुलाघाट नाकाबाट आएका एक जनामा संक्रमण देखिएको प्रादेशिक स्वास्थ्य केन्द्र सुदूरपश्चिमले जनाएको छ भने ताप्लेजुङमा डेंगी सङ्क्रमणको जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्यकर्मी, सञ्चारकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतलाई सहभागी गराई डेंगी संक्रमणको जोखिम र अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराउँदै यस्तो आग्रह गरेको हो ।




