काठमाडौँ — शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्डियोभास्कुलर विभागीय प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले व्यक्तिगत कारणले पदबाट राजीनामा दिएका छन्। उनले आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा पेस गरेका हुन्।
डा. कोइरालाले मंगलबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राजीनामा पत्र सार्वजनिक गर्दै १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने बताएका छन्। हाल उनी अमेरिका रहेका छन्।
राजीनामा सन्देशमा उनले केन्द्रको निरन्तर प्रगति, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, हालका स्वास्थ्य मन्त्री प्रदीप पौडेललगायतको स्वास्थ्य सेवा सुधारको सपना र संघीय सरकारको प्रतिबद्धता अविचल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।




