किसानको माग सम्बोधन नभए राजमार्ग अवरोधको तयारी

१४ भदौ, काठमाडौं ।

आन्दोलनरत उखु किसानले आफ्ना माग सम्बोधन नभए राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

उखु उत्पादक महासंघ, नेपाल र विभिन्न जिल्लाका किसान संघहरूको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्ने निर्णय गरेको हो।

महासंघले जारी विज्ञप्तिमा यस किसिमको आन्दोलनबाट हुने संभावित क्षतिको सम्पूर्ण जिम्मेवारी सरकार, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले लिनुपर्ने जनाएको छ।

किसानहरूले लामो समयदेखि बाँकी अनुदान रकम तत्काल र विनासर्त भुक्तानी गर्न, उखुको मूल्य निर्धारण गर्दा किसान प्रतिनिधिको सहभागिता अनिवार्य गर्न र किसानलाई सहजै खेतीतर्फ फर्कन सक्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर