सिरहामा अपहरणमा परेका १५ वर्षीय बालक मृत फेला, पाँच करोड फिरौती अस्वीकारपछि हत्या

सिरहा । सिरहामा तीन दिनदेखि बेपत्ता रहेका एक किशोर मंगलबार बिहान मृत फेला परेका छन्। गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका १५ वर्षीय अभिषेक सिंहलाई अपहरणपछि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

अभिषेकलाई गाउँकै आँप बगैंचामा बिहान करिब ६ बजे मृत अवस्थामा भेटिएको हो। उनी असोज ५ गते साँझ घरबाट हराएका थिए।


फिरौतीको माग

अभिषेक बेपत्ता भएको भोलिपल्ट बिहान उनको आमाको इमोमा पठाइएको म्यासेजमार्फत अपहरण भएको पुष्टि भएको थियो।

म्यासेजमा अपहरणकारी समूहले परिवारसँग पाँच करोड रुपैयाँ फिरौती माग गर्दै प्रहरी वा कसैलाई जानकारी दिएमा बालकलाई मार्ने धम्की दिएका थिए।

सन्देशमा भनिएको थियो :
“तुम्हारा आदमी हमारे पास है। अगर सही सलामत चाहिए तो ५ करोड दो। नहीं दिया तो मार के फेंक देंगे।”


प्रहरीको सक्रियता

परिवारजनले तत्काल प्रहरीलाई गुहारेपछि प्रहरीले खोजी थालेको थियो। तर, लगातार खोजी भइरहेको अवस्थामा मंगलबार बिहान अभिषेक मृत फेला परेका हुन्।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको र विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर