फरार कैदीबन्दी पक्राउ गर्न विशेष कार्यदल गठन

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई नियन्त्रणमा ल्याउन सरकारले विशेष कार्यदल गठन गरेको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधि तथा सम्बन्धित निकायका सदस्य समावेश हुने गरी “फरार बन्दी खोजी तथा नियन्त्रण कार्यदल” गठन गरिएको हो ।

यस कार्यदलले फरार कैदीबन्दीको अवस्थाबारे जानकारी लिने, पक्राउ गर्ने र कानुनी प्रक्रिया अघि बढाउने काम गर्नेछ । गृह मन्त्रालयले शुक्रबार गृहमन्त्रीस्तरीय बैठकबाट निर्णय गर्दै उक्त अभियानलाई अझ सशक्त र समन्वित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

साथै, सरकारले भागेकाहरूलाई स्वेच्छाले कारागारमा फर्कन पनि आग्रह गरेको छ । कार्यदललाई तत्कालीन प्रभावकारी कार्यान्वयनका लागि तीन बुँदे कार्यादेश दिइएको विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर