पर्सा प्रहरीले वीरगन्जमा भएको ग्याङ फाइट मृत्यु प्रकरणमा मुख्य आरोपीसहित पाँच जनालाई पक्राउ गर्न सफल भएको छ।
गत मङ्गलबार राति वीरगन्जको आदर्शनगरस्थित गहवामाई मेलामा दुई समूहबीच भएको झडपमा गोल्डेन नामक व्यक्तिको ज्यान गएको थियो। घटनापछि ‘अपरेशन च्यालेन्ज’ नामक विशेष रणनीति सञ्चालन गर्दै प्रहरीले ४८ घण्टाभित्रै अनुसन्धान अघि बढाई पाँच जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीप पाठकका अनुसार पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको छ।




