देशभर बदली, हिमाली क्षेत्रमा हिमपात र अन्य ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ — पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा, साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने भारी हिमपात र वर्षा हुने सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि पूर्ण बदली रहनेछ भने तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थान र अन्य प्रदेशका हिमाली क्षेत्रहरूमा राति पनि मध्यमदेखि भारी हिमपात र वर्षा हुन सक्छ।

प्रतिक्रिया
सम्बन्धित खबर