१९ कात्तिक, काठमाडौं ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित विशेष कार्यक्रमका बीच नयाँ ‘नेपाल कम्युनिस्ट पार्टी’ को औपचारिक घोषणा गरिएको छ। विभिन्न कम्युनिष्ट घटकहरूको एकतापछि गठित यस नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधव कुमार नेपाल लाई तोक्ने प्रस्ताव पारित गरिएको हो।
पार्टीका नेता महेन्द्रराय यादव ले संयोजक र सह–संयोजक तोक्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई उपस्थित सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
यस एकतासँगै देशको वाम आन्दोलन नयाँ चरणमा प्रवेश गरेको नेताहरूले बताएका छन्।




