दुई खर्ब ७५ अर्ब कर बक्यौता: ३ लाख ३० हजारभन्दा बढी करदाताबाट अझै असुल हुन बाँकी

काठमाडौँ । आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा करदाताबाट असुल हुन बाँकी बक्यौता रकम रु दुई खर्ब ७५ अर्ब पुगेको छ। यो रकम तीन लाख ३० हजार ९१२ करदातासँग बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार,

  • बक्यौता करदाताबाट रु ९४ अर्ब ९५ करोड,

  • प्रशासकीय पुनरावलोकनमा रहेका २,०९५ करदाताबाट रु एक खर्ब ८० अर्ब १० करोड बराबर असुल हुन बाँकी छ।

सबैभन्दा बढी बक्यौता आयकर तर्फ रहेकाले कुल १ लाख ९३ हजार ६२० करदाताबाट रु दुई खर्ब १९ अर्ब ११ करोड उठ्न बाँकी छ।
त्यसैगरी—

  • मूल्य अभिवृद्धि कर : १,३७,२५३ करदाताबाट रु ४८ अर्ब ७० करोड

  • अन्तःशुल्क: ३६४ करदाताबाट रु ४ अर्ब ९ करोड

  • अन्य शीर्षकहरू: १,७७० करदाताबाट रु ३ अर्ब १५ करोड

बक्यौता असुली लक्ष्यमा कमजोर प्रगति

गत आर्थिक वर्षमा बक्यौता असुलीमा लक्ष्यअनुसार प्रगति न्यून देखिएको छ।

  • आयकरतर्फ २२ अर्ब ७६ करोड लक्ष्य रहेकामा ८ अर्ब ७१ करोड मात्र असुल, प्रगति ३८.२९%।

  • मूल्य अभिवृद्धि कर तर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकामा १० अर्ब ३३ करोड असुल, प्रगति ६३.२८%।

बक्यौता समायोजनमा भने उल्लेख्य सुधार

  • आयकरतर्फ २७ अर्ब ३८ करोड लक्ष्यमा २१ अर्ब ३९ करोड प्रगति (७८.१%)।

  • मूल्य अभिवृद्धि कर तर्फ १८ अर्ब १७ करोड लक्ष्यमा २२ अर्ब २९ करोड असुल भई १२२.६३% प्रगति हासिल।

समग्रमा, बक्यौता रकम उच्च रहँदा पनि समायोजनतर्फ अपेक्षाकृत राम्रो प्रगति भएको विभागको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित खबर