१८ मंसिर, काठमाडौं । अमेरिकी डलरको मूल्य नेपाली बजारमा लगातार बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) प्रकाशित गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको एकक खरिददर १४४ रुपैयाँ ०१ पैसा तथा बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ।
यससँगै अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूमा पनि उतार–चढाव देखिएको छ।
-
युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा
-
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा
-
स्विस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर सुदृढ बन्दै गएसँगै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको अर्थविशेषज्ञहरूको भनाइ छ।




