सुन–चाँदीको मूल्यमा नयाँ उछाल: सुन २ लाख ६० हजार नाघ्यो, चाँदी ऐतिहासिक उच्चमा

३ पुस, काठमाडौं । बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम गरिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो। बुधबार प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यसअघि गत सोमबार हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड कायम गरिसकेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाएको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई दिनयता चाँदीले लगातार नयाँ उच्च मूल्य रेकर्ड कायम गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर