कुलमान घिसिङ र रास्वपाबीच पुनः संवाद

१४ पुस, काठमाडौं — उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफलमा जुटेका छन्। यसअघि भएका संवादहरू ठोस निष्कर्षमा नपुगे पनि अहिले फेरि सहकार्यका सम्भावनाबारे छलफल अघि बढाइएको हो।

कुलमान निकट स्रोतका अनुसार उनी र रास्वपा नेतृत्वबीच केहीबेर अघि मात्र छलफलको तयारी भएको हो। यसै क्रममा रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट बाहिरिएको जानकारी प्राप्त भएको छ।

हाल छलफल कहाँ हुने भन्ने विषय सार्वजनिक गरिएको छैन। तर पछिल्लो भेटवार्तालाई दुवै पक्षले महत्वपूर्ण रूपमा हेरेको बताइएको छ।

यस पुनः सुरु भएको संवादले आगामी राजनीतिक समीकरण र सहकार्यको दिशामा नयाँ संकेत दिन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर