सुन–चाँदीको मूल्य ऐतिहासिक उच्च विन्दुमा

स्थानीय बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १,५०० रुपैयाँले वृद्धि भई दुई लाख ७८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला दुई लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३१५ रुपैयाँले बढेर पाँच हजार ६५५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य पाँच हजार ३४० रुपैयाँ रहेको थियो।

व्यवसायीहरूका अनुसार अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा किनबेच भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर