सुनचाँदीको मूल्यमा ऐतिहासिक उछाल, सुनले बनायो नयाँ कीर्तिमान

६ माघ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन आज अझ महँगो बनेको हो। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेकाले नेपाली बजारमा यसको प्रत्यक्ष असर देखिएको छ।

यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ८८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य निरन्तर बढिरहेकाले लगानीकर्ता र उपभोक्ताहरू दुबै सतर्क बन्न थालेका छन् भने बजारमा चासो झन् बढ्दै गएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर