दुई दिनको तीव्र गिरावटपछि सुनको मूल्यमा पुनः उछाल

काठमाडौँ — लगातार दुई दिनसम्म ठूलो गिरावट आएको सुनको मूल्य आज पुनः बढेको छ। बजारमा आएको उतारचढावपछि मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो।

सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने त्यसअघि शुक्रबार पनि मूल्यमा उल्लेख्य गिरावट देखिएको थियो। तर मंगलबार भने सुनको भाउ बढेर प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। सोमबार प्रतितोला ५ हजार २०० रुपैयाँ रहेको चाँदी मंगलबार १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया
सम्बन्धित खबर