काठमाडौं, १५ चैत — नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार सुनको भाउ एकै दिनमा प्रतितोला ५ हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि, शनिबार सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। समग्रमा हेर्दा, पछिल्लो एक सातामा सुनको भाउ ४ हजार रुपैयाँले बढेको देखिन्छ। गत आइतबार भने सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ थियो।
यससँगै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ। शनिबार ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७२० रुपैयाँ पुगेको छ। एक साताअघि भने चाँदीको भाउ प्रतितोला ४ हजार ५४० रुपैयाँ रहेको थियो।
हाल बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लाग्दै गएको देखिएको छ, जसले लगानीकर्ता तथा उपभोक्तामा चासो बढाएको छ।




