
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक डार ले इरान र संयुक्त राज्य अमेरिका बीच जारी वार्ता महत्वपूर्ण चरणमा पुगेको बताएका छन्। उनका अनुसार केही सीमित मुद्दामा मात्र सहमति हुन बाँकी रहे पनि दुवै पक्ष सम्झौता नजिक पुगेका छन्।
अन्तालिया डिप्लोमेसी फोरम मा बोल्दै उनले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गरे। उनले भने, “केही मतभेद अझै बाँकी छन्, तर प्रयास जारी छ र आशा समाप्त भएको छैन।”

बीबीसी उर्दू सेवाका अनुसार डारले दुवै देश बाँकी असहमतिहरू समाधान गर्ने प्रयासमा सक्रिय रहेको बताए। उनले लेबनान मा युद्धविराम भइसकेको र होर्मुज जलडमरू जहाज आवागमनका लागि पुनः खुला गरिएको दाबी पनि गरे।
डारले सम्भावित सम्झौताले विश्व शान्ति र आर्थिक स्थिरतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। साथै, उनले वार्ताको अर्को चरण छिट्टै हुने अपेक्षा पनि गरेका छन्।
यसअघि, दुवै देशबीचको पहिलो चरणको वार्ता इस्लामाबाद मा सम्पन्न भएको थियो।




