राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को वैशाख ८ गते बसेको बैठकको निर्णयअनुसार अधिवेशन बोलाइएको हो।
नयाँ अधिवेशन वैशाख १७ गते दिउँसो २ बजेका लागि तय गरिएको छ। यससँगै संसद् नियमित विधायिकी कार्य, नीति छलफल तथा समसामयिक विषयमा बहस गर्न पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया




