काठमाडौं : सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा, साथै तराईका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा उच्च क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ।
विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। सोमबार राति पनि देशभर बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ।
यसैगरी लुम्बिनी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।




