आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँ नजिक

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जारी विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा तथा बिक्रीदर १५१ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर ११० रुपैयाँ ८९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक पर्न सक्ने जनाइएको छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर