प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीले दिने जवाफ

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गरिनेछ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव पेश गर्नेछन् । साथै, सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत गर्दै त्यसमाथि छलफल हुने कार्यसूची रहेको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले आजै दिनेछन् ।

यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खबर