काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी मुद्राको विनिमय दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्राको मूल्यमा वृद्धि भएको छ। विशेषगरी अमेरिकी डलर, युरो, बेलायती पाउण्ड, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर तथा जापानी येनको विनिमय दर बढेको हो।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा रहेको थियो।
युरोको विनिमय दर पनि उकालो लागेको छ। आज एक युरोको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। हिजो युरोको खरिददर १७६ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा थियो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङको मूल्यमा पनि वृद्धि भएको छ। आज एक पाउण्डको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा तोकिएको छ। अघिल्लो दिन खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५ पैसा रहेको थियो।
अष्ट्रेलियन डलरको खरिददर आज १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा पुगेको छ। क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, सिंगापुर डलरको खरिददर ११८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसा पुगेको छ भने जापानी येन १० एकाइको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय मुद्रा बजारमा देखिएको उतारचढावका कारण विदेशी मुद्राको विनिमय दरमा दैनिक रूपमा परिवर्तन हुने गरेको छ।




