बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १५३ रुपैयाँ नजिक

काठमाडौं । नेपाल राष्ट्र बैंक ले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलरको मूल्य १५३ रुपैयाँ नजिक पुगेको छ।

राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलरको खरिददर ११० रुपैयाँ ३३ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ७६ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा कायम गरिएको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर