काठमाडौँ — गृहमन्त्रीमा प्रधानमन्त्री वालेन्द्र शाहले सुधन गुरुङलाई गृहमन्त्री बनाउने निर्णय लिएका हुन् । सुधन गुरुङलाई मंगलबार नै गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । मंगलबार ३ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ । सम्पत्तिको विवरणको विषयमा प्रश्न उठेपछि उनले बैशाख ९ गते राजीनामा गरेका थिए ।
२८ वैशाखमा मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । छानबिन समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो ।




