व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथां पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

काठमाडौँ — विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथां पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पूर्वअर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको सेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको देखिन्छ । सस्तोमा सेयर बिक्री गरेबापत मलाई के लाभ हुन्छ ? भन्ने व्यापारीको प्रश्नमा पूर्वअर्थमन्त्री पौडेलले चार वटा फाइदा हुने काम गरिदिन्छु भनेका रहेछन् । आश्वासन दिएकोमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेलामा सम्पन्नसमेत गरेका रहेछन् । केही पूरा नभएको भन्ने बयान नै प्राप्त भएको छ । त्यसका आधारमा उनीमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो ।’‘दीपक भट्टको व्यवसायलाई लाभ पुर्‍याउने गरी काम गरेको देखिएको छ । त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘पूर्वअर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको सेयर  सस्तोमा बेच्न दबाब दिएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खबर