आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४ रुपैयाँ ८२ पैसामा बिक्री

८ साउन, काठमाडौं — नेपाल राष्ट्र बैंकले आज (८ साउन) का लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले विभिन्न प्रमुख अन्तर्राष्ट्रिय मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गर्दै अमेरिकी डलरदेखि जापानी येन, युरो, पाउण्ड र साउदी रियालसम्मको नयाँ दर सार्वजनिक गरेको हो।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ २२ पैसा तथा बिक्रीदर २०७ रुपैयाँ ०२ पैसा तोकिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९० रुपैयाँ ०७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ। त्यसैगरी सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

एसियाली मुद्रातर्फ जापानी येन (१० येन) को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७८ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४२ रुपैयाँ ४७ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर