काठमाडौं, १४ साउन — प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न राष्ट्रिय परिस्थितिलाई सम्बोधन गर्न उहाँले आजै देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो।
प्रधानमन्त्रीको सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। सम्बोधनमार्फत पछिल्लो घटनाक्रमबारे सरकारको धारणा सार्वजनिक गर्नुका साथै शान्ति, सामाजिक सद्भाव, कानुनी शासन र नागरिकको सुरक्षाप्रति सरकारको प्रतिबद्धता व्यक्त गरिने अपेक्षा गरिएको छ।
सुनसरीमा भएको घटनापछि सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको छ भने सम्बन्धित निकायहरूलाई निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ।
प्रधानमन्त्रीको सम्बोधनलाई वर्तमान परिस्थितिमा सरकारको आधिकारिक धारणा र आगामी कदमबारे स्पष्ट सन्देश दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




