राष्ट्रिय सभाको बैठक आज : गृहमन्त्री र शिक्षामन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ। बैठकमा गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले आफ्ना मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्त ले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने विशेष प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति को बैठक आज अपराह्न २ बजे बस्ने तय भएको छ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विस्तृत छलफल गरिनेछ।

उक्त छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन लाई समितिमा आमन्त्रित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर