राष्ट्रियसभाको बैठक आज बस्दै, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमाथि छलफल हुने

काठमाडौं, २८ साउन — सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको छ।

बैठकमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पेस गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ।

उक्त विधेयकमाथिको छलफलपछि सभाले आवश्यक निर्णय प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर