नेपाली बजारमा शुक्रबार सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो।
यसअघि बिहीबार पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको थियो।
यता, चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। बिहीबार प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने शुक्रबार सुन प्रतिऔंस ४ हजार ५ सय ८० अमेरिकी डलर मा कारोबार भइरहेको छ।




