भोटेकोशीमा बाढीको बहाव थप बढ्यो, चार जिल्लामा सतर्कता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदीको बहाव बढेको सूचना प्राप्त भएको जनाएको छ।

प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ र चितवनका प्रभावित तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतमा खटिएका टोलीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन प्राधिकरणले अनुरोध गरेको छ। थप सूचना प्राप्त हुनासाथ विवरण अद्यावधिक गरिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर