काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ मा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ रहेको थियो।
शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको थियो। त्यसको एक कारोबार दिनपछि भने सुनको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ७६५ रुपैयाँ मा कारोबार भएको चाँदी आइतबार ४ हजार ७२५ रुपैयाँ मा किनबेच भइरहेको महासंघले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँको गिरावट हो।
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ४३१ अमेरिकी डलर मा कारोबार भइरहेको छ।




