६५४ मेगावाटसम्म स्वीकृति; मुजफ्फरपुर–ढल्केबर र तनकपुर–महेन्द्रनगर लाइनबाट आपूर्ति
नयाँ दिल्ली, गएको महिना नेपालमा आएको विनाशकारी बाढीले मुलुकको करिब एक दशांश विद्युत् उत्पादन क्षमता गुम्साएपछि भारतले डिसेम्बर ३१ सम्मका लागि दिनको १८ घण्टा नेपालमा बिजुली निर्यात गर्ने स्वीकृति दिएको छ । भारतीय ऊर्जा मन्त्रालयले सोमबार यो जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरणलाई दिनको १८ घण्टाका लागि अधिकतम ६५४ मेगावाट बिजुली निर्यात गर्ने स्वीकृति दिइएको छ । यसमा मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट लाइनबाट ६०० मेगावाटसम्म र तनकपुर–महेन्द्रनगर १३२ केभी लाइनबाट ५४ मेगावाटसम्म समावेश छन् । सन् २०२७ को जनवरीदेखि निर्यात गरिने बिजुलीको परिमाण आगामी डिसेम्बरमा पुनः समीक्षा गरिने मन्त्रालयले जनाएको छ ।
“यस स्वीकृतिले नेपाललाई यो कठिन समयमा विद्युत् आवश्यकता पूरा गर्न मद्दत गर्नेछ र भारत–नेपालबीचको लामो तथा घनिष्ठ ऊर्जा सहकार्यलाई थप बलियो बनाउनेछ,” मन्त्रालयको भनाइ उद्धृत गरिएको छ ।




