मनास्लुमा दुईको मृत्यु

काठमाडौं ।

मनास्लु हिमालको क्याम्प-३ मा ताजा हिमपहिरोपछि भारतीय-जर्मन आरोही ध्रुवज्योति गुहा र शेर्पा गाइड फुरसेम्बा शेर्पा मृत फेला पर्नुभएको छ । असोज ३ गते शनिबार साँझ क्याम्प-३ तर्फ लागेका उहाँहरू सम्पर्कविहीन भएपछि खोजी गर्दा असोज ४ गते आइतबार बिहान टेन्ट करिब ७ फिट हिउँमुनि पुरिएको अवस्थामा भेटिएको थियो । यससँगै यस सिजनमा मनास्लुमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खबर