काठमाडौं । त्रिपुरेश्वर चोकमा असोज ५ गते सोमबार ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका छन् । ट्राफिक जरिवानाबारे विवाद भएपछि आगलागी भएको प्रारम्भिक भनाइ छ । घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।
यता, साझा यातायातले उपत्यकामा २८ वटा विद्युतीय बसबाट ६ वटा रुटमा रात्रीकालीन सेवा विस्तार गर्ने भएको छ । असोज ३ गते संविधान दिवसकै दिनदेखि लागू हुने गरी ९ वटा स्थानीय तहको सहकार्यमा सेवा विस्तार गर्न लागिएको हो




